२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

एमालेपार्टी र केपी ओलीको अर्को नाम किर्ते प्रसाद अथवा  जालझेल र तिकडमवादको अर्को पर्याय हो ।

नेकपामा बिबाद तिब्र बन्दै गर्दा घनश्याम भुषाल र भिम रावलले भाषणको सिलशिलामा दिएकोकिर्ते प्रसादसाइबर स्याल भगौडा जाली झेली जस्ता शब्दहरु अझै चर्चामा छन् । अर्थात जाल झेल र किर्ते काम गर्न एमाले जन र ओली माहिर मानिन्छन । उदाहरण ओलीले प्रतिनिधी सभा भङ्ग गरे पछि अपनाएका सबै हतकण्डले यसको पुष्टि गर्छ ।

पछिल्लो समय एमाले  विधान अधिवेशनबाट आफ्नो चुनाब  चिन्हलाई हुबहु माओवादीको चुनाब  चिन्हसंग मिलाउनुले पनि त्यसको पुष्टि गर्छ । एमालेले अहिले सार्बजानिक गरेको नयाँ चिन्ह तत्कालिन नेकपा हुदा मावोबादी र एमाले दुबैको अपनत्व ग्रहण गर्ने समझदारीमा प्रयोग गरिएको साझा चिन्ह हो ।

अहिले नेकपा फुटेर मावोबादी र एमाले पुनस्थापित भइसकेको छ भने एमाले फुटेर एकीकृत  समाजबादी भइसकेको छ । अत: एमालेले मतदातालाई भ्रमित  पारेर गोलाकार भित्रको हसिया हथौडाको भोट समेत आफैतिर तान्ने रणनीति लिएको बुझिन्छ ।

उबेला  सम्झौता अनुसार माओवादीहरूले सूर्यमा भोट हाले पनि एमालेहरूले माओवादीलाई अपेक्षा अनुसार भोट हालेनन । यो कुरा अहिले पनि एमाले जनहरुले  नै खुल्ला रूपमा बताउदै आएका छन् । अहिलेको नेकपा एमालेको  जुन साइज छ, त्यो  माओवादी भोटको कारण नै हो ।  वाहिर मुख फोर्न नसके पनि यो कुरा  एमाले नेतृत्वले  राम्ररिनै बुझेका छन् ।

दक्षिणपन्थी भाषमा भाशिदै गएको एमाले र  सूर्य चिन्हले अब पार नलाग्ने भएपछी एमालेले  अव माओवादीको हसिया हथौडाको पनि  सहारा चाहिएको छ । यहि रणनीति अनुसार एमालेले माओबादिको चुनाब चिन्ह सुर्य भित्र घुसाउने योजना बनाएको हो बुज्न कठिन छैन तथापि माओबादिहरु यस सम्बन्धि अझै मौन छ ।

फेसबुक प्रतिक्रियाहरु