२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

वीरगञ्ज:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पर्सा जिल्ला कमिटीका पदाधिकारी र सदस्यले शनिबार शपथ लिएका छन् । १ सय ७५ सदस्यीय जिल्ला कमिटीका १ सय ३८ जनाले शनिबार शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले बालगोपाल थापा अध्यक्ष रहनेगरी १ सय ७५ सदस्यीय जिल्ला कमिटीको गठन गरेको थियो । एमालेबाट फुट्नु अघि थापाको नेतृत्वमा नै समानान्तर कमिटी गठन गरिएको थियो । थापा वीरगञ्जको पुराना कम्युनिष्ट नेतामध्ये एक हुन् ।

जिल्ला कमिटिको शपथलगत्तै शनिबार जिल्ला कमिटी बैठक समेत बसेको छ । बैठकले २५ सदस्यीय सचिवालय कमिटी गठन गर्नुका साथै विभिन्न जन संगठनको जिम्मेवारी पनि तोकिदिएको छ ।

अनि पटेललाई युवा फाट प्रमुख, राघव साहलाई समाजवादी प्रेस प्रमुख, सुवेदार यादवलाई निजामती प्रमुख, सन्तोष सिंहलाई पेशागत प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै मुक्ति समाजको प्रमुखमा वृजलाल पासवान, ध्रुव पटेललाई किसान संघ प्रमुख, रघुनाथ चौरसिया बुद्धिजीवि फाँट प्रमुख र जोगमाया तामाङ महिला फाँट प्रमुखको जिम्मेवारी तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु