२०८१ बैशाख २०, बिहिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का जजहरु परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । सुगम पोख्रेल र शम्भुजीत बास्कोटा चर्चित नाम भएपनि सुवानी मोक्तान दर्शक सामु खासै परिचित छैनन् ।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु