hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusuhepbethepbet giriscasibomsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं :  ‘द भ्वाइस अफ नेपाल सिजन ३’ काे उपाधि टिम प्रमोदबाट  किरण गजमेरले उचाल्न सफल भएका  छन् । गजमेरले  उपाधिसँगै  नगद २५ लाख  प्राप्त गरेका छन् ।

सिजन तिनको फ़ाइनलमा टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला राई पुगेका थिए । फ़ाइनलमा पुग्ने  तीनैजनाले द भ्वाइसकाे ट्रफी पाएका छन् ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु