२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: तमु धी जापानद्वारा कोरोना भाइरस संक्रमितहरुको राहतको लागि आर्थक रकम सहयोग गरेको छ ।

आफ्नो स्थापना कालदेखि नै सामाजिक  सेवामा समर्पित  तमु धिं जापानले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस  र लक डाउनको कारण  सर्ब साधरण जनताले खेप्न आएको सास्तीलाई मध्यनजर गर्दै राहत स्वरुप  केहि आर्थिक रकम संकलन गरि हस्तानतरण गरेको बताएको छ ।

मातृभुमीमा परेको संकट  टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै संस्थाले छोटो समयमा भएपनि केहि आर्थिक सहायो  गरेको जनाएको छ । संकलित २३७,१२५ जापानिज एन, अर्थात  नेपालि रु. २५०,०००  रकम डा. महावीर पुनको नेतृत्वमा रहेको संस्था ” राष्ट्रीय अविष्कार केन्द्र ” मार्फत हस्तानतरण गरिने  भएको छ ।

बिज्ञप्ति:

फेसबुक प्रतिक्रियाहरु