२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं: एमालेका ४ संसदले फ्लोर क्रश गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।

ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा एमालेको चार संसदले मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका छन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए का छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु