hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ : प्रतिबन्धित दल  नेत्रविक्रम चन्द ( विप्लब ) नेतृत्वको नेकपा र सरकार बीच  बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमतिमा ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेको‘ विज्ञप्तिमा उल्लेख छ । सहमतिको विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै वार्ता भएको हो । पहिलो चरणको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए ।सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु