hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : तामाङ समुदायले बिबिध कार्यक्रम र पुजा पाठको आयोजना गरि  सोनाम ल्होसार अर्थात् नयाँ वर्ष  मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष मनाउदै छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । यसपाली मुसा वर्षलाइ बिदा  गरी गाई वर्ष लाइ स्वागत गर्नेछ ।  ।

यसअघि विभिन्न जात जातिको पर्बमा दिइदै आएको बिदा केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेपनि यसपाली सोनाम लोसारम्मा भने  सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।  कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने छ ।

आज बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने छ। दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ। यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ। यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु