hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetbetasushepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं: नेकपा प्रचण्ड–नेपाल  पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले राज्य कब्जा गर्ने प्रयास  र प्रजातन्त्रको घाँटी निमोठ्ने काम गररहेको बताएको छ ।

नेता नेपालले   लोकतन्त्रमाथिको गम्भिर प्रहारका विरुद्ध सम्पूर्ण नेपाली जनता एकतावद्ध हुँदै गएको समेत बताउनु भएको छ ।

शुक्रबार पार्टीको केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले ओलीको प्रतिगामी कदमविरुद्ध माघ २२ गते प्रतिकातमक रुपमा आमहड्ताल गर्नु परेको दाबी गरे ।

‘नेपालको संविधानमा र कानूनी शासनमा विश्वास गर्नेहरुको आव्हानमा आम हड्ताल गरेका हौँ । यसमा आम जनसमुदायको समर्थन रहेको छ’, नेता नेपालले भने, ‘यो आन्दोलन नेकपाको मात्रै मामिला रहेन ।’ उनले हिजोको बन्द हड्तालले ओलीले जेजे गर्छन् त्यो तमासा हेरेर जनता नबस्ने पुष्टि भएको पनि बताए । आन्दोलनबारे केपी ओली पक्षले भ्रमहरु छरेको भन्दै नेता नेपालले केपी ओलीको भ्रमबाट अब कोही नतर्सने बताए ।

‘भ्रमहरु बाँडिएको छ । झुठको खेती गरिएको छ । केपी ओलीलाई चेतना भया कोही तर्सने र आतंकित हुनेवाला छैनन् तपार्इंको धम्कीबाट’, ओलीलाई अध्यक्ष नेपालको चेतावनी छ । उनले आन्दोलनका क्रममा प्रहरीले आफ्ना नेता कार्यकर्तामाथि ओलीकै निर्देशनमा ज्यादती गरेकोमा भर्त्सना ना गरे ।

फेसबुक प्रतिक्रियाहरु