२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ३ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र सहितको हिन्दु राज्य घोषणा गर्न लागिरहेको अही सर्बत्र चर्चा छ ।

संसद बिघटन पश्चात राजतन्त्र सहितको हिन्दु राष्ट्रको नारा बोक्ने कमल थापाले  खुलेर ओलीको सपोर्ट गर्नु ओलीले  केही दिन पहिले पशुपतिनाथको पूजा गर्न र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गर्नु यसैको सुरुवात् हुन् ।

ओलीले  कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन । ओलीले यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ ।

ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ  र, यो सभामा ओलीले अहिलेसम्म नभनेको विषेश कुरा भन्ने माधब प्रचण्ड समुहका नेता सुरेन्द्र पाण्डेले खुलाशा गरेका छन । माओले ‘प्रतिक्रियावादीहरुले तिम्रो प्रशंसा गरे भने तिमीले बुझ्न गलत बाटोमा छौं’ भनेको सम्झिँदै पाण्डेले ओलीको कदमलाई प्रतिक्रियावादीहरुले जमजमाएर स्वागत गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु