२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं : प्रधानमनमन्त्रि  ओलीले  पुस ५ गते  प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अहिले विभाजनको अबस्थामा पुगेको छ । प्रचण्ड समूह र ओली समूह एक अर्का बिच आरोप प्रत्यारोपमा उत्रिरहेको र विभिन्न भेला तथा आमसभाहरु गर्दै देश दौडाहामा लागइरहेको  बेला बमदेब गौतमले भने बुधबार एउटा छुट्टै अभियान घोषणा गरेका  छन् ।

गौतमले दुइतिर फर्किएको ओली र प्रचण्डलाई एकैतिर फर्काइ छाड्ने उद्घोष मात्र गरेन,यसमा आफु पूर्ण रुपमा सफल हुनेमा समेत बिस्वास ब्याक्त गरे । तर नेकपाका शिर्ष नेताहरुले सार्बाजानिक रुपमा एक अर्काबीच दिएको अभिब्याक्ति  हेर्दा र सुन्दा पार्टी त्याति सजिलै पुनः एकिकरण हुने अबस्था देखिन्दैन ।

नेकपाका अर्का अध्यक्ष माधब कुमार नेपालले त बामदेवको अभियानलाई ‘बालुवा पेलेर तेल निकाल्नु’ जस्तै भनेका छन् । उहाका अनुसार केपी ओली पार्टीको बिधान, सिदान्त, बिचार पद्दतिमा नचल्ने, अहमता र घमण्डले ग्रसित, आत्माकेन्द्रित निरंकुश प्रतिगामी कहिल्यै नसुध्रिने भनेर भनेका छन् । केपी ओली कहिल्यै कम्युनिष्ट नभएको र ओली बयलगाडाको सिदान्त प्रतिपादन गर्ने गणतन्त्र, धर्मनिरपेक्षता बिरोधी  हुन्  तेसैले कुनै हालतमा अब संगै हिड्न नसक्ने बताई सकेका  छन् ।

यस्तै अर्का अध्यक्ष प्रचण्डले ओलीलाई बारम्बार प्रयास गर्दा पनि मानिस बनाउन नसकेको भेडाको संज्ञा दिएको छ भने उहाले ३ वर्ष सम्म तेल दलेको तर कुकुरको पुच्छर सिधा बनाउन नसकेको आरोप लगाएको छ । यसरि बाहिर जे जसरि आरोप प्रत्यारोप चले पनि या पार्टी बिभाजन हुनुमा को बढी दोषी भन्ने कुरामा  नेता कार्यकर्ता बीच विभिन्न मत बाझिए पनि पार्टी बिभाजनको दिशामा उन्मुख हुन प्रधानमन्त्री केपी ओलीकै बढी दोष  रहेको प्रस्ट देखिन्छ ।

नेताहरुले भने जस्तै प्रधानमन्त्री ओलीले आफ्नो एक सनकको भरमा प्रतिनिधिसभा भंग गरेर  दशौ वर्ष लडेर ल्याएको संघिय गणतन्त्र र हजारौ सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट आएको  संबिधान नै ध्वास्त बनाउने काम गरे । जनाताले  आपार आशा र भरोसा गरेर बनाएको नेपाल कम्युनिष्ट पार्टी र उसको बहुमतको सरकालाई ध्वास्त  बनाउने काम गरेर   नेपालको कम्युनिष्ट इतिहासमा कहिल्यै नमेटिने कलंको टिको लगाए । मानिस  आफ्नो महत्वकांक्ष भन्दा पार्टी ठुलो, देश राष्ट्र र राष्ट्रियता ठुलो हो ।  मलाई भए हुन्छ नभए पार्टीनै फुटाइ दिन्छु, संसद नै भंग गरिदिन्छु, कुर्शी नै भाची दिन्छु, देशै अराजकता र अस्थिरतामा धकेली दिन्छु भन्ने सोच निरंकुश,अहमताबादी, घमण्डी र प्रतिगमन त हो नै यो देश र  जनताको निम्ति कुठाराघात हो घोर अपराध हो । यो सन्तुलित मानसिकता वा कुनै पनि नेतामा हुने गुण होइन ।

घमण्डको परकाष्ठ आफु अल्पमतमा परे भन्दैमा आफ्नो पार्टीको अत्याधिक बहुमतको सरकारलाइ नै भत्काइदिनी,  संबिधानमै नभएको  अधिकार प्रयोग गरि जनताको सार्बभौम अधिकार सम्पन्न प्रतिनिधि सभालाई आगो लगाइदिने, । आफ्नै बहुमतको सरकार भंग गरेर  हुदै नहुने चुनाबको नाटक मन्चन केका लागि ?   फेरी एक  सनकको भरमा संसद भंग गर्न  ?

हामीले ल्याएको ब्यबस्था यो होइन, हरेक ६/६ महिनामा सरकार परिबर्तन भईरहने, अराजकता राजनैतिक अस्थिरता बढिरहने यी यावत कुरालाई मध्यनजर गरेर संविधानमै दुइ वर्ष सम्म संसदमा अविस्वासको प्रस्ताब ल्याउन नपाइने, एक पल्ट अविस्वासको प्रस्ताब फेल भए फेरी अर्को ३ वर्ष ल्याउन नपाइने, प्रधानमन्त्रीले आफ्नो सानको भरमा विकल्प हुदा सम्म संसद भंग गर्न नहुने कुरा कोट गरेरै लेखिएको हो ।यो ब्यबस्था हुदा हुदै आफूखुशी स्वएच्छाचारी ढंगले गरिएको पर्तिनिधी सभाको बिघटन संबिधान बिपरित  त छनै ओलिको यो कदमले संबिधानको जग नै भत्किएको छ ।

जे भएपनि बामदेबले जे अभियान थालेपनि अब अहिले लडाई प्रतिगमन र अग्रमन बिचको लडाई हो । गणतन्त्रको संरक्षण र निरंकुशता बिरुद्धको लडाई हो। असंबैधानिक कदम बिरुद्धको लडाइ हो , संबिधान रक्षार्थको लडाई हो  भने पार्टी सुद्दिकरको अभियान पनि हो । अहिले दुइ खेमामा विभाजित नेकपा एक (प्रचण्ड -नेपाल ) खेमा बिचार, सिदान्तमा अडिक  अनुसासित र क्रान्तिकारी धारका हुन भने ओलीले नेतृत्व गरेको पार्टी  बिचार, सिदान्त, पार्टी पद्दति नमान्ने, हुल्लडबाज सडकछापको जामात हो । जसमा काण्डनै काण्डले भरिएको  संसद अपहरण गर्ने गुण्डा पृष्ठभूमिमा हुर्किएका देखि, ७० करोडे भ्रष्ट दालाल, पानि  ट्याङ्कीमा  पैसो लुकाउने देखि पद र पैसामा बिक्रि हुने बिचार र निष्ठाको राजनीति हिन  चरित्र भएका  अबसरबादिहरु समेत छन जो ओली समुहमा लागेका पूर्व माओबादि ओलीको भाषामा भन्दा कुइएको फर्सीहरुलाई हेरे पुग्छ ।

यसरि हेर्दा बामदेवको अभियान ठिक जस्तो लागे पनि यो पार्टी सुद्दिकरनको अभियान हो । पार्टी जुटेर मात्रै सक्ति आर्जन हुदैन कहिले काही फुटेर पनि शक्ति आर्जन गर्न सकिन्छ । ओली गुटमा रहेका छुद्रहरु रहेसम्म पार्टी अब एकता असम्भब छ । बिचार,सिदान्त, कम्युनिष्ट आदर्शमा बिस्वास गर्नेहरु ओली समुह हुल्लडबाज सडकछाप पार्टीसंग संगै रहन सक्दैन ।

फेसबुक प्रतिक्रियाहरु