२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपाको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

बिरोध  कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना हुनेछ।  धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभागी हुनेछन् ।

यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने सभालाई  शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ । २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो । यो प्रदर्शनले तरंग ल्याएको अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

प्रदर्शनमा सहभागी हुन प्रदेश २ बाट आएका अगुवा नेता कार्यकर्तालाई सोमबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीको टाउकोमा हान्नुपर्ने स्थिति आएकाले काठमाडौंमा सभा गरेको बताए । यद्यपि त्यो दिन प्रदेश २ को प्रतिनिधित्व गर्ने नेतालाई सम्बोधन गर्न दिन नसक्नु कमजोरी भएको बताए ।

२८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौंमा उतार्ने उनले दाबी गरे । प्रदेश २ बाट मात्र २५ हजारलाई काठमाडौं ल्याउन आग्रह गर्दै उनले अघि भने, ‘यो निर्णायक हुनेछ र त्यसले छिनोफानो गर्नेछ ।’

फेसबुक प्रतिक्रियाहरु