२०८१ बैशाख १७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विबहा बन्धनमा बाधिनु भएको छ ।

४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीय मोडल जाङमु शेर्पासँग आइतबार विवाह बन्धनमा  बाधिएका  हुन् ।  राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा  शेर्पा परम्परागत पोशाकमा सजिएर  बेहुली लिन पुगेका थिए ।

विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोलाइएकोले उपस्थिति भएनन् । मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु