२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

बुटवल:  बुटवल उपमहानगरपालिका–११  कालिकानगरकी  कोरोना संक्रमित महिलाको   मलामी गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक महिला कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको पुष्टि भएसंगै गरेको कन्ट्याक्ट ट्रेसिडबाट हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको  हो ।

साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् । त्यहाँ आफन्तहरुले कोरोना परीक्षणको विषयमा सोध्दा किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको उनीहरुको भनाइ छ ।

सामान्य मृत्युजस्तै ठानेर छिमेकी र नातागोता १८ गते बुटवलको मैनाबगरमा मलाली पुगेका थिए । त्यहीँबाट कोरोना सरेको धेरैको बुझाइ छ । त्यसपछि  मलाली पुगेका र मृतकका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गर्न सुरु गरिएको हो । जसमा हालसम्म ३८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु