२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेपालमा  पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप  २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए । उहाका  अनुसार  काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ  ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।  पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् ।  निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ भने  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु