hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

धरान : प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध गर्दै नेकपा प्रचण्ड नेपाल पक्षले धरानमा बिशाल शक्ति प्रदर्शन गरेको छ ।

धरानको २० ओटै ओदाबाट  निस्किएको बिरोध र्याली धरानको सिंहदेबी चोकमा जम्मा भइ  र्‍याली पुरानाे बजार, माछा भौडी, देशिलाइन, भोटेपुल, धनकुटेरोड, बुद्ध चोक, चतरालाइन, छाता चोक कलेज रोड हुँदै भानुचोकमा आएर शभामा परिणत भएको थियो ।

सभालाइ नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भिम आचार्यले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाए।  उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी अदालत र निर्वाचन आयोगलाई समेत आफ्नो नियत्रणमा राखेको बताए।

नेता आचार्यले ओली पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि निरङ्कुश भएको आरोप लगाए। उनले ओलीको पनि हालत ज्ञानेन्द्रकै जस्तो बनाइदिने चेतावनी दिए। आचार्यले ओलीका उखान टुक्काले २/४ जनालाई हसाएर मात्र देश चालाउन नसकिने भन्दै देश चलाउन भिजन र योग्यताको आवश्यकता चाहिने बताए।

कार्यक्रममा प्रदेश सदस्य रमेश र मुक्साहाङ मेन्याङ्बोले ओलीको असंवैधानिक कदमविरुद्ध सुनसरीमा शसक्त आन्दोलन गर्ने बताए। दुबैले आजको आन्दलनको उपस्तिले ओलीपक्षधरहरुको सातो गएको बताए।

फेसबुक प्रतिक्रियाहरु