२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपश्चात देशमा एक किसिमको राजनैतिक अस्थिरता निम्तिएको छ । सम्पूर्ण   राजनैतिक  दलहरु, नागारिक समाज, बुद्धिजिबी, पूर्व न्यायाधिसहरु प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम असंबैधानिक भन्दै सडकमा उत्रिसकेको अबस्थामा कानुन विध भनिएका पूर्व  सभामुख शुबास चन्द्र नेम्बाङ किन मौन छन  ।  ओलीलाई साथ दिएपनि संसद बिघटनको बिरुद्धमा या पक्षमा किन खुलेर बोल्दैनन् नेम्बाङ ? यहि प्रस्न आम जनमानसमा उठीरहेको छ ।

नेपालि कांग्रेसका नेता गगन थापाले केहि दिन अगाडी  प्रतिनिधिसभा विघटनको रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा  नेम्बाङ प्रश्नको जवाफ दिन नसकेर  लुकेर बसेको आरोप लगाएका थिए । संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति गगन थापाले नेम्बाङमाथि आक्रोश समेत पोखेका थिए ।

तर पूर्व सभामुख तथा संबिधान सभाको अध्यक्ष समेत गरेका नेम्बाङको मौनता जनताले उजागर गरिदिएको छ । भर्खरै मात्र शुबास चन्द्र नेम्बाङको प्रधानमन्त्रिले आफ्नो सनकले प्रतिनिधिसभा बिघटन गर्न नसक्ने   त्यो ब्याबस्थानै  २०७२ को संविधानले हटाएको  भिडियो सार्वजनिक भएपछि झनै नैतिक संकटमा परेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफू संसद विघटनको विपक्षमै रहेको खुलाएका छन्।

पछिल्लो पटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवादमा प्रधानमन्त्री ओलीको ‘दूत’का रुपमा चिनिएका नेम्वाङले ओलीलाई संसद भंग गर्नबाट रोक्न नसकेको भन्दै तीब्र रुपमा आलोचना समेत हुदै भइरहेको छ। पार्टीको विवाद समेत समय हुने स्थितिमा रहेका बेला ओलीले  आवेगमा आएर संसद भंग गरे    नेकपा अहिले फुटमा पुगेको छ ।

भिडियोमा सुनौ प्रतिनिधिसभा बिघटन बारे उहा के भन्नुहुन्छ ? 

फेसबुक प्रतिक्रियाहरु