२०८१ बैशाख २६, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकर्ताले ओली नेतृत्वको काम चलाउ सरकारका   खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ । थापालाई  नेकपा प्रचण्ड-माधव समूह अखिलले कालो झण्डा देखाएको हुन् ।

थापा ओली समूहको पार्टी प्रशिक्षणका अहिले  जाजरकोटमा पुग्नु भएको छ । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । थापा  संसद् विघटन भएपछि ओलीले खानेपानी मन्त्रीमा  नियुक्त गरेका हुन् ।

ओलीले मन्त्रि बनाउने भएपछी  प्रचण्ड-माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य समेत  हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाएको हो ।

फेसबुक प्रतिक्रियाहरु