२०८१ बैशाख १७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  प्रदेश एकको  मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ ।

राइलाई दलको नेताबाट हटाएपछी  नेकपाले भीमप्रसाद आचार्यलाई चयन गरेको छ । आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्दै  राईलाई दलको नेताबाट पनि हटाएको हो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदीय दलभित्र अल्पमतमा परेका  छन् ।  संसदीय दलको बैठकबाट दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरेको पत्र प्रदेशसभा सचिवालयमा बिहीबार बिहान दर्ता भएको छ ।

मुख्यमन्त्रीलाई दलको नेताबाट हटाइएको पत्रमा ३६ जनाको हस्ताक्षर रहेको छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमा नेकपाको मात्रै ६७ जना छन् ।

फेसबुक प्रतिक्रियाहरु