२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

धरान : सुनसरी सदरमुकाम इनरुवामा नेकपा दाहाल–नेपाल समूहले संसद विघटनविरुद्ध विरोध प्रर्दशन गरेको छ । मंगलबार सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, रामधुनीलगायतका स्थानबाट ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोध पर्दशन गरेका हुन् ।

इनरुवाको महेन्द्र चोकबाट निस्किएको विरोध र्याली इनरुवा नगपालिका, शान्ति चोक, लोकतान्त्रिक चोक, जिल्ला प्रहरी कार्यालय हुदै बसचेकमा गएर सभामा परिणत भएको थियो । विरोध पर्दशनमा नेकपा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नरावाजी गर्दै संसंद पुर्नस्थापना गर्न माग गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेकपा स्थायी सिमित सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी संघीयता र गणतन्त्र मास्ने षड्यन्त्र गरेको आरोप लगाए ।उनले नेकपा केन्द्रीय समिति दाहाल–नेपाल समुहमा दुई तिहाई बहुमत भएपछि जिल्ला कमिटी र प्रदेश कमीटीमा कारबाहीमा परेका व्यक्तिलाई मनोनित गरी १२ सयको केन्द्रिी समिति बनाइ नांगो नाच प्रर्दशन गरेको आरोप लगाए । उनल् देशभरका नेकपा कार्यकर्ताहरु दाहाल नेपाल समुहमा नै रहेको र केपी ओलीले पार्टी फुटाएको आचार्यको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु