२०८१ बैशाख १७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

जनकपुरधाम : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाले जनकपुरधाममा विशाल जनप्रदर्शन गरेको छ । प्रचण्ड- माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा गाउँ-गाउँबाट र्‍यालीसहित आएकाहरु प्रदर्शनकारीले जनकपुरधाम तताएका थिए ।

धनुषाको विभिन्न नगर तथा गाउँबाट आएका र्‍याली जनकपुरको रेल्वे स्टेशनमा जम्मा भइ नगर परिक्रमा गरेका थिए । जहाँ केन्द्रीय नेतासहित प्रदेश र जिल्ला इन्चार्जसहितका नगर कमिटीका नेताको व्यापक सहभागीता थियो ।

विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्वमन्त्री रामचन्द्र झा, यदुवंश झा, श्रीप्रसाद साह, श्रवणलगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको भन्दै विशाल प्रदर्शन गरिएको नेता रामचन्द्र झाले बताए ।

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए । नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन) को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुन रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो ।

प्रधानमन्त्री ओली निरंकुश शासक बनेको नेताहरुले आरोप लगाए । संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले गरेको विराध प्रदर्शनमा श्रबण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए ।

फेसबुक प्रतिक्रियाहरु