२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । नागरिक अगुवा, विद्यार्थी र युवाहरु लगाएत बिभिन्न दलहरूले बिरोध प्रदर्शन गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु