काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा माओबादीबाट गएकाहरुले प्राथमिकता पाएका छन् |
यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ । यस्तै गरि बादल गृह सहित बरिष्ठ उपाध्यक्ष रहने बताइएको छ |
प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका हुन् ।