hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetkumar sitelerijojobetsüperbetinsuperbetinsüperbetinsuperbetinbetist
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : सत्तरूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले संसद् विघटन गर्ने कदमअसंवैधानिक, स्वइच्छाकारी, प्रतिगमनकारी र निरंकुश  रहेको ठहर गर्दै बैठकले ओलीलाइ कार्बाही गर्ने  निर्णय गरेको हो।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कदमको भ्रत्सना गर्दै अनुशासनको कारबाही गर्ने निर्णय भएको जानकारी दिए। त्यसैगरी राष्ट्रपतिविरुद्ध खेद प्रस्ताव पारित भएको छ।

बैठकले पुर्ब सभामुख  कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि गरेको छ। आगामी रणनीति र कदमबारे छलफल गर्न  सोमबार संसदीय दलको बैठक बोलाइएको छ भने स्थायी समितिको बैठक पनि सोमबार दिउँसो बोलाइएको छ।

बैठकमा बोल्‍ने अधिकांश सदस्यहरूले ओलीको कदम गैरजिम्मेवारपूर्ण र जनादेशको अपमान भएकोले यसले पार्टीलाई नोक्शानी पुग्‍ने भन्दै विरोध गरेका थिए। प्रधानमन्‍त्रीको गलत सिफारिस सच्चाउनुको सट्टा हतारमा अनुमोदन गर्ने राष्ट्रपतिको कदमको भ्रत्सना गरेका थिए।

बैठकले ओलीलाई कारबाही गर्ने निर्णयलाई केन्द्रीय कमिटिमा लैजाने भएको छ।१० गते बस्ने भनेको केन्द्रीय समिति ७ गते नै डाकिएको छ।

फेसबुक प्रतिक्रियाहरु