२०८१ बैशाख २१, शुक्रबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको विरोध गरेका छन् । नेता भट्टराईले वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्ने प्रश्न गरेका छन् ।

उनले अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाउँ भनेर माग गरेका छन् । ‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत् बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाउँ,’ नेता भट्टराईले ट्विटमा भनेका छन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएको छ । राष्ट्रपति भण्डारीले मंगलबार दिउसो बहुमत सदस्यको उपस्थितिमै परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु