२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

नेकपाको सचिबालय बैठकमा प्रधानमन्त्री ओलीको सचिवालयको बिषयमा पनि गम्भीर कुरा उठेको छ । सात वर्षअघिको उपाध्यक्ष वामदेव गौतमले बाटो काटेको तस्विर फेसबुकमा राखेर गौतमको आलोचना गरि  हुर्मत लिने काम गरेपछि पार्टी उपाध्यक्ष समेत रहेका वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन चेतावनी समेत दिएका थिएका छन् ।

थापाले यस अघि पनि पटक पटक अर्का अध्यक्ष प्रचण्ड, पार्टी प्रबक्ता नारायण काजि श्रेष्ठ लगाएतका नेताहरुमा  जनमानसमा बितृष्णा फैल्याउने खालका लेख तथा अभिब्याक्ती दिदै आइरहेका थिए |

गौतमले पार्टीको हित विपरित काम गरेको भन्दै थापालाई प्रेस सल्लाहकारबाट हटाउन आग्रह गरेका हुन । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्, अनी थाहा पाउनुहोला ।’

त्यस्तै पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनालले ओली पक्षले गोरखापत्र दैनिकको समेत दुरुपयोग गरिरहेको आरोप लगाएका थिए । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’

नेकपा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।

फेसबुक प्रतिक्रियाहरु