२०८१ बैशाख २३, आइतवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ । सत्तारुढ दलको किचलोका कारण  एथास्थितिबादी सक्तिहरु जुर्मुराउन थालेको छ |

पछिलो समय विभिन्न ठाउमा राजाबादीहरुले प्रदर्शन गर्दै आइरहेको छ भने आज जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले  राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर,  मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।

माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु