२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं: चर्तित गाएक प्रकाश सपुत र  गायिका अनिता चलाउनेको  नयाँ गीत “फुटेको चुरा” सार्वजनिक भएको छ ।   उत्कृष्ट सिर्जनसिलता रहेको  सपुतलाई फेरी एकपल्ट अब्बल साबित गरेको छ ।

गित सार्वाजनिक भएसँगै ट्रेन्डिङमा रहेको उक्त  म्युजि भिडियो यो  समाचार तयार पार्दासम्म  ११  लाख भन्दा बढिले हेरिसकेका छन् ।

गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ ।

भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका हुन् । कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो भने  त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक हेरिएको गित हो  ।  ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ ।

सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत पोख्त हुनुहुन्छ भने हाल उहा  चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छन्।

भिडियो हेर्नुहोस:

 

फेसबुक प्रतिक्रियाहरु