hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetjojobetsüperbetinsuperbetinsüperbetinsuperbetinbetistdeneme bonusu veren siteler
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । नेकपा राप्ती नगर कमिटी चितवनले पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गरिरहेका बेला भएको नाराबाजीप्रति आपत्ति जनाएको छ । कमिटीले शनिबार एक विज्ञप्ति जारी गरी नेता पाण्डेले पार्टीको बैठक चलिरहेका बेला आफ्नो मन्तव्य राखिरहेकै अवस्थामा केही अराजक व्यक्तिहरुको हुल प्रवेश गरी नारबाजी गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नगर कमिटीले नाराबाजी पद्धती र विधानभन्दा बाहिर गई कसैबाट निर्देशित रुपमा गरिएको आरोप लगाउँदै कमिटीभन्दा बाहिरका केही अराजक व्यक्तिहरुको त्यसमा सहभागिता रहेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छः ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने, गराउने जोसुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्वाहीको लागि पार्टी जिल्ला कमिटीलाई सिफारिस गर्छौं ।’

फेसबुक प्रतिक्रियाहरु