२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : पछिल्लो २४ घण्टामा १९ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ सय ४९ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

बिहीबार थप १५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या भने ११ सय ८९ पुगेको छ । २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २२ जनाको नमुना परीक्षण भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु