२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप  १४२० जना नयाँ कोरोना भाइरस  संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर  २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु