२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरेको  नमुना परीक्षणमा  १०७७ महिला र १६७६ पुरुष गरि २७५३ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३५ हजार ४३५ सक्रिय स.क्रमित छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ \ ।

फेसबुक प्रतिक्रियाहरु