२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र  १८ सय ७८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंका १५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी  जम्मा १८ सय ७८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले आज पत्रकार सम्मेलन मार्फत  जानकारी दिए।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १८ सय ७८सहित ३३ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ८२ हजार ९२३ पुगेको छ ।

३६ हजार ९११ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७८० र ३० हजार १३१ जना होम आइसोलेसनमा  छन्। यस्तै क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १४४ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार ३८ सय ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।

आइसीयूमा ३७९ जनाको र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म कोरोनाबाट १ हजार ३४ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ३० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

फेसबुक प्रतिक्रियाहरु