२०८१ जेष्ठ ३, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा  १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८  जना संक्रमित भएको हो ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन |

योसंगै  काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेशनमा रहेका बाहेकका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु