२०८१ जेष्ठ ३, बिहिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सती नजान सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेको भन्दै प्रचण्डलाई ओलीसँगै सती नजान सुझाएका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन् ।

प्रचण्डलगायत नेकपा नेता–कार्यककर्तालाई भट्टराईले समाजवादको बाटो बनाउन विद्रोह गर्न आग्रह समेत गरेका छन् । ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु