hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

ओटावा : क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ।

शुक्रबार संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन्। मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उनले आप्रवासनद्वारा त्यसलाई परिपूर्ति गर्ने योजना रहेको बताए।

राजधानी ओटावामा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री मेन्डिसिनोले सन् २०२१ मा ४ लाख १ हजार आप्रवासीलाई स्थायी बसोबास (पीआर) अनुमति दिइने बताए। त्यस्तै २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार नयाँ आप्रवासीलाई पीआर अनुमति दिइने उनले बताए।

‘क्यानडालाई थुप्रै कामदारहरू चाहिन्छ’, उनले भने, ‘त्यो परिपूर्ति गर्ने उपाय आप्रवासन हो।’

मन्त्री मेन्डिसिनोले कोरोनाले मुलुकको अर्थतन्त्रलाई निकै क्षति पुगेको भन्दै आप्रवासन महत्वपूर्ण रहेको बताए। ‘महामारी पहिले आप्रवासनद्वारा अर्थतन्त्र माथि लैजाने तथा सरकारको लक्ष्य प्राप्तिका लागि आप्रवासन महत्वकांक्षा थियो’, उनले भने, ‘यो अहिले अपरिहार्य छ।’

यदि सरकारको यो नीति कार्यान्वयन भए सन् १९११ पछि सबभन्दा बढी क्यानडामा आप्रवासी भित्रिने इतिहास बन्नेछ अन्नपूर्ण पोष्टमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु