२०८१ जेष्ठ ६, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ :  पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु