२०८१ जेष्ठ ५, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाण्डौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।
राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार दिउँसो ४ बजे हुँदैछ। गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिनेछन्। सिंहदरबारमा शपथ गराउने गरी तयारी भएको छ।

फेसबुक प्रतिक्रियाहरु