hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

‘मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’

नयाँ मूल्य सूचीअनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र)को लागि पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ पर्नेछ । यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु