२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

टोकियो: आफ्नो स्वास्थ्य समस्याको सामना गर्न  जापानका प्रधानमन्त्री  शिन्जो आबेले पदबाट राजिनामा दिने मनसाय ब्याक्त गरेका छन । आबेले आफ्नो सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूलाई आफु  राजीनामा गर्ने मनसाय रहेको बताएको छ।

प्रधानमन्त्रीको निर्णयको बारेमा छलफल गर्न एलडीपी अधिकारी र आबेले पार्टी मुख्यालयमा अर्जेन्ट  बैठक गरेका छन् । विगत दुई सातामा प्रधानमन्त्रि  दुई चोटि अस्पताल भर्ना भइसकेका  छन । यसको मतलब  उहाको  स्वास्थ्य बिग्रिएको छ भन्ने अनुमान लाउन सकिन्छ।

कोरोनाभाइरस महामारी र प्राकृतिक प्रकोपहरूको सामना गर्न  प्रधानमन्त्री १४७ दिन  लगातार काम गर्दै आइरहेको छ भने  महामारी र प्राकृतिक प्रकोपहरूको सामना गर्दै  देशको विभिन्न  भाग निरिक्षण भ्रमण समेत गरेको छ।

शिन्जो आबेले आफ्नो स्वस्थ्याको कारण पद छाड्न आटेको यो दोस्रो पटक हो । यसभन्दा अघि २००७  मा पनि उहाले  आफ्नो इन्फ्लेमेटरी आन्द्रा रोगका कारण एक वर्ष मात्र कार्यालयमा सेवा गरेको बताइन्छ ।

२०१२ मा तल्लो सभामा ठूलो चुनावको जीत पछि उनी शीर्ष पदमा फर्केका थिए। यो सात बर्षको कार्यकालले उनलाई जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्‍याउने प्रधानमन्त्री बनाएको छ।

फेसबुक प्रतिक्रियाहरु