२०८१ बैशाख २२, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ :  जातीय द्वेष फैलाउने गित गाएर नेपालका राष्ट्रिय झण्डा जलाउने ग्याल्जी भनिनेलाइ पक्राउ गर्न  प्रहरी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जनाएको छ ।

युट्युबमा सार्वजनिक भएको यो  ‘देशद्रोही’बोलको गीत र भिडियोको संजालमा  चौतर्फी विरोध भएको छ । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई मंगोल ग्याल्जीले गाएका छन् ।

मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् ।  भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

मंगोल मास्ने, खस लिपि लाद्ने, उर्वर भूमि खोस्ने, विजयादशमी मान्न लगाउने कुनै जाति विशेष नै भएको उल्लेख गर्दै गीतमा मंगोल राष्ट्रवादको बाटो रोज्नुपर्ने बताइएको छ ।

भिडियोको चौतर्फी विरोध भएपछि गायक ग्याल्जीले ग्याल्जेन दोर्जे तामाङ नामको फेसबुक अकाउन्टबाट लाइभ गर्दै भनेका छन्, ‘मलाई सिधै देशदोह्रीको आरोप आइरहेको छ । देशदोह्री के हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ । नेपालभित्रको असली मूलवासीको राष्ट्रियता लुट्ने को त ? त्यही बाहुन क्षेत्री होइन त ? मैले सबै बाहुन क्षेत्रीलाई भन्न खोजेको होइन । जो नीति बनाउने क्षेत्रमा पुगेका छन् उनीहरुलाई भनेको हो ।’

 

यो गित समस्यापछिको समाधान मात्रै होइन समस्याअघिको रोकथामको निम्ति पनि हो! रास्ट्रघाती ,गद्दार,साम्रज्यबादि,साम्प्रदायिक…

Posted by Gyalzen Dorje Tamang on Monday, August 17, 2020

 

 

फेसबुक प्रतिक्रियाहरु