hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

विराटनगर : समुदायस्तरमा तीव्र रुपमा कोरोना संक्रमण फैलिएको विराटनगरको एउटा वडामा मात्रै मंगलबार बिहानसम्ममा संक्रमितको संख्या ५० पुगेको छ।  विराटनगर महानगरपालिका–९ मा मात्रै संक्रमितको संख्या ५० पुगेको हो।

उक्त वडामा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भइसकेको छ। धेरै संक्रमित भेटिएको सो वडा स्थानीय प्रशासनले आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ। संक्रमितको सम्पर्कमा रहेकाको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दै पीसीआर परीक्षणको दायरा बढाएर संक्रमण नियन्त्रण गर्न मानिस तथा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गराउँदै उक्त वडा सिल गर्नु पर्ने अवस्था आएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

महानगरमा पछिल्लो १२ घण्टामा मात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार थप भएका सबैभन्दा बढी संक्रमित विराटनगर महानगरपालिका–१७ का सात जना छन्।  पछिल्लो रिपोर्टअनुसार विराटनगर–३ मा एक, ५ मा चार, ६ मा तीन, ७ मा एक, ८ मा तीन, ९ मा दुई, १५ मा एक र १७ नम्बर वडामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  एक संक्रमितको वडा खुलाइएको छैन।

सोमबार दिउँसो नौ जनामा संक्रमण देखिएकोमा पछिल्लो रिपोर्टअनुसार २३ जना थपिएपछि महानगरभित्र एकै दिन ३२ जनामा संक्रमण पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।  उनका अनुसार हालसम्म महानगरमा तीन सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ।  जसमा दुई सय छ पुरुष र एक सय सात महिला छन्।

फेसबुक प्रतिक्रियाहरु