hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisholiganbetjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ — ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस र सिंगापुर ‘रिक्रुट इन्टेक २०२१’ भर्ती खुलाएको छ । उसले कोभिड–१९ ले गर्दा गत वर्षको इन्टेकमा अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र यो अवसर दिएको छ ।

ब्रिटेनको ब्रिगेड अफ् गोर्खाजका निम्ति ४ सय ३२ जना र सिंगापुर पुलिस फोर्समा १ सय २० जनाको छनोट गरिने ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा उल्लेख छ ।

‘प्रिय सम्भावित रिक्रुटहरू, जो रिक्रुट इन्टेक २० क्षेत्रीय र केन्द्रीय छनौटमा उपस्थित भए, जनवरी २०२१ मा हुने रिक्रुट इन्टेक २१ को केन्द्रीय छनोटमा बोलाइने हरेक पी.आर. हरूलाई हामी फोन सम्पर्क गर्नेछौं,’ ब्रिटिस गोर्खा भर्ती २०२१ प्रक्रिया सम्बन्धी जारी सूचनामा छ, ‘रिक्रुट छनोट विभागका एक कर्मचारीले तपाईंलाई ३ देखि १४ अगष्ट २०२० को बीचमा तपाईंको ब्रिटिस र सिंगापुर पुलिसमा भर्ती इच्छुक निश्चित गर्न फोन सम्पर्क गर्नु हुनेछ ।’ गत वर्षको अन्तिम छनोटबाट बाहिरिएकाहरूलाई सम्पर्कमा रहन भनिएको छ ।

फोटो: माउन्ट एभरेष्ट धरान

ब्रिटिस आर्मी मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमाण्डर रिचार्ड गुडम्यानले यसअघि कोभिड–१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रिक्रुटिङ’ मा फेरबदल गरिएको जनाएका थिए । ‘रजिस्ट्रेसन र क्षेत्रीय छनौट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मूल्यांकन गर्न पाउने छैनौं,’ उनले भनेका थिए ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्छ । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई मात्र अवसर दिइएको छ ।

‘इन्टेक–२०२०’ मा प्रतिस्पर्धीमध्ये अन्तिम चरणबाट करिब २ हजार ५ सय जना बाहिरिएको अनुमान गरिएको छ । त्यसमध्ये एनआरए (नो री–एप्लाई/पुन: आवेदन दिन नपाउनेमा) परेकाले भर्ती हुन पाउने पर्ने छैनन् । ‘मेडिकल टर्म, अनुशासन, कागजात जस्ता विभिन्न कारणहरू पर्छन्,’ राजधानीको क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राई भन्छन्, ‘उनीहरू अन्तिम छनोटबाटै बाहिरिएका भए पनि फेरि भिड्न पाउँदैनन् । ती कारणहरू ब्रिटिस आर्मी छनोट रेकर्डमा रहिसकेको हुन्छ ।’ गत वर्षको रेकर्डअनुसार पुन: आवेदन दिन नपाउने (एनआरए)मा परेका पूर्वबाट २ सय ४७ र पश्चिमबाट ३ सय २४ जना छन् ।

यसपाली ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गथ्र्यो । गत वर्षबाट ४ सय ३२ जना भर्ती लिन थालेको छ । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमश: नेपालबाट भर्ती संख्या बढाउन थालेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु