२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं-  प्रकाश सपुतको ‘बदला बरिलै’ सार्बाजानिक  भएसंगै अहिले यो गित युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा परेको  छ ।

बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको एक  दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।यो खबर तयार पार्दा समेत उक्त गीतको ११ लाख बढिले हेरिसकेका छन् |

गीतमा लोक गायक प्रकाश सपुतको आफ्नै शब्द-सङ्गीत तथा भिडियो निर्देशन रहेको छ भने स्वर  लोक गायिका देवी घर्तीले दिएको छ  । भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइरालाको मुख्य अभिनय रहेको  छ ।

समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ भने गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ ।

भिडियो हेर्नुहोस:

 

 

फेसबुक प्रतिक्रियाहरु