hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetcasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetpark
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताउनु भएको  छ ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका कार्यक्रममा बोल्दै  अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो। कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेकोतर  अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप गर्न नहुने बताउनु भएको हो ।

साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको बताए । ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने, ‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन ।’

‘कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्छ । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्दि्रत भएर हाम्रा छलफल चलिरहेका छन ।” उहाले भन्नु भयो |

फेसबुक प्रतिक्रियाहरु