२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

प्रदेस  ५ सरकारले सलह किरा जम्मा गरेर ल्याए प्रति केजी २० रूपैयाले किनी दिने घोषणा गरेको छ । नेपालमा सलह किराको प्रबेस संगै यस्को रोकथाम र नियत्रण गर्ने उपाय स्वरूप प्रदेस सरकारले उक्त घोषणा गरेको हो ।

सरकारले सलह किरा जम्मा पार्ने जो कोहिबाट प्रती केजि २० रुपैयाको दरमा किन्ने निर्णय भएको प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा सलह किरा दिउँसोको समयमा हिड्ने मात्रै भएको बताउँदै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव तेज बहादुर सुवेदीले रातीमा बस्ने भएकोले समात्न सकिने पनि बताए । किसानले जम्मा पारेका सलहलाई सकेमा वडा कार्यालयमा दिए सङै तुरुन्तै नगद रकम लैजान सकिने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

सलह किरा देखिएमा मालाथिन र क्लोरपाईरिफोस नामक बिषदी प्रयोग गर्न मन्त्रालयले शुझाब दिएको छ । मालाथिन ३ मिलिलिटर प्रति लिटर र क्लोरपाईरिफोस २ मिलिलिटर प्रति लिटर प्रयोग गर्न मन्त्रालयले शुझाब दिएको हो ।

यता भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तत्काल धानको बिउ नरोपेका किसानहरुले व्याड ढाकेर बिउ जोगाउन आग्रह गरिन् । उनले बिउ जोगिएमा उत्पादनमा फरक नपर्ने बताउँदै आ–आफ्नो क्षेत्रबाट सबैले सलह भगाउने वा छोप्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।

उनका अनुसार प्रदेश सरकारले यसको जिम्मा स्थानीय तहका वडा कार्यालयहरुलाई दिने छ । ‘यो कीराले सबै बालीनाली नष्ट गर्छ, हाम्रो बाली नष्ट गर्नुअघि नै यसलाई नष्ट गर्ने काम गर्न जरुरी छ, उनले भनिन् -किसानले जसरी पनि यसलाई नियन्त्रण गर्नुपर्छ, त्यसो गर्दा प्रदेश सरकारले केही प्रोत्साहन दिने निर्णय गरेको हो ।’ उनका अनुसार कीरा समातेर नष्ट गर्नु वा हाँस, कुखुरा, माछा र सुंगुरको दानाको रुपमा प्रयोग गर्नु नै उपयुक्त विकल्प हो ।

मौषम पूर्वानुमान महाशाखाले जनाए अनुसार हावा उत्तर तर्फ गईरहेकोले बुटवल हुँदै पाल्पा र गुल्मी सम्म पुग्न सक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु