२०८१ बैशाख १५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

थप दुई जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहका बिरामी समेत रहेका उनी ८ असारमा अस्पताल भर्ना भएका थिए ।

यस्तै, पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको पनि मृत्यु भएको छ । करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका उनी नर्भिक अस्पताल पुगेका थिए । कोरोना पुष्टि भएपछि पाटन रिफर भएका थिए ।

उनको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

३१२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ३१२ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ ।

साथै, देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना – नेपाल

पीसीआर१९९७३७
आरडीटी२८७८६३
आइसोलेसनमा८४२२
संक्रमित १११६२
निको भएको२६५०
मृत्यु२६
क्वारेन्टिनमा७४०२२
अपडेटः २०७७ असार ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फेसबुक प्रतिक्रियाहरु