२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ — सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । रोल्पाका घर्ती अनेरास्ववियुका पूर्वमहासचिव हुन् । उनी दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । त्यसैगरी तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक तथा पोलिटब्युरो सदस्य थिए ।

हाल नेकपा केन्द्रीय सदस्य तथा आदिवासी जनजाति फाँट इञ्चार्ज हुन् । उनी प्रधानमन्त्री ओली निकट मानिन्छन् । उनी चार वर्ष कार्यकालका निम्ति नियुक्त भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु