२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

भारतमा कोरोना भाइरस अहिलेसम्मकै सबैभन्दा धेरै  एकै दिन झण्डै १६ हजार जना संक्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।  भने  कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको जनाएको  छ । भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।

अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना संक्रमित भएको तथ्यांक छ ।  तीमध्ये ६२ हजार ८४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना संक्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरुकाअनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित भएको छ  ।

फेसबुक प्रतिक्रियाहरु