२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : नेकपाको नेताहरुले लामो समय देखि माग  माग गरेको  स्थायी  कमिटिको  बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा  सुरु  भएको छ ।

बैठकमा छलफलको लागि  लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ ।  सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ भने  त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने तयारी भएको छ।

एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको छ । सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ )४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।

खासगरी स्थायी कमिटिको बैठकले एमसीसी सम्झौताको बारेमा महत्व पूर्ण निर्णय लिने छ | एम सिसि  संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग समेत  रोकिने छ ।

त्यसैले बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । स्थायी कमिटीले सम्झौता अनुमोदन नगर्ने निर्णय गरेमा केपी ओलीको अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्दैन ।

२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने  भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।

फेसबुक प्रतिक्रियाहरु